logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रावी मोहनपुर हरिवनमा ३५ विद्यार्थीलाई छात्रवृत्ति वितरण


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी/हरिवन, २९ फागुन – सर्लाहीको हरिवन नगरपालिका–३ स्थित प्राथमिक विद्यालय मोहनपुरले विधालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ ।

आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालयले छात्रवृत्ति प्रदान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक हेमबहादुर बोम्जनका अनुसार कूल ३५ जना विद्यार्थीलाई प्रति विद्यार्थी ४०० रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ । दलित छात्रछात्रा २४ जना अन्य छात्रा ११ जनालाइ छात्रवृति प्रदान गरिएको जनाएको छ ।

छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, शिक्षप्रेमी तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले छात्रवृत्तिले विद्यार्थीहरूलाई पढाइमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। नेपाल सरकारले प्रत्येक बर्ष प्रदान गर्ने छात्रवृति कार्यक्रमले विद्यार्थीको हितमा सहयोगी भुमिका खेल्ने जनाएको छ । बिधालयमा ६० जना छात्रछात्रा अध्ययनरत रहेको प्रधानाध्यापक बोम्जनले बताए ।