हरिवन, २८ फागुन – सर्लाहीको उत्तरी चुरेभेगमा आज साँझपख पानी परेको छ ।
धुलो, धुँवाले अत्यधिक प्रदुषण भई जनजीवन प्रभावित भइरहेका बेला चुरेवर्ती क्षेत्रमा साँझपख एकझर ठुलो पानी परेको हो । हरिवन नगरपालिका पटौनाका स्थानीय बलराम बजगाईले केहीदिन देखि मौसम धुम्मिरहेकोमा आज साँझपख एक झर राम्रोसँग पानी परेको उज्यालो अभियानलाई जानकारी दिए ।
जिल्लाको पूर्वपश्चिम राजमार्ग क्षेत्र र त्यसदेखि दक्षिण भने एक सातादेखि मौसम धुम्म भइरहे पनि पानी पर्न सकेको छैन् ।
लामो समयदेखि पानी नपर्दा धुलो, धुँवाले जनजीवन कष्टकर भएको छ भने धेरै मानिस प्रदुषणका कारण बिरामी परिरहेका चिकित्सकले बताएका छन् ।