logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही ४ : समानुपातिकतर्फ रास्वपालाई साँढे ४५ हजार मत, अमरेशको भन्दा १० हजार बढी


  • उज्यालो अभियान

गोडैता, २५ फागुन – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नं. ४ मा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लोकप्रिय मत पाएको छ ।

रास्वपाले यहाँ प्रत्यक्षतर्फबाट निर्वाचित आफ्ना सांसद डा. अमरेशकुमार सिंहले प्राप्त गरेको भन्दा समानुपातिकमा १० हजार बढी मत प्राप्त गरेको छ । यहाँबाट समानुपातिकमा रास्वपालाई ४५ हजार ५१६ मत परेको हो । जबकी प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य सिंहलाई ३५ हजार ६८८ मत प्राप्त भएको थियो ।

यहाँ नेपाली कांग्रेसले भने समानुपातिकतर्फ आफ्ना उम्मेदवार गगनकुमार थापाले प्राप्त गरेको भन्दा ४ हजार कम मत प्राप्त गरेको छ । कांग्रेसले सर्लाही ४ बाट समानुपातिकमा १८ हजार ८१ मत प्राप्त गरेको छ । पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार गगनकुमार थापाले भने २२ हजार ८३१ मत प्राप्त गरेका थिए ।

प्रत्यक्षतर्फ डा. सिंहले प्राप्त गरेको र समानुपातिकतर्फको मत हेर्दा समानुपातिकमा रास्वपामा मतदान गरेका केही मतदाताले प्रत्यक्षतर्फ भने कांग्रेस सभापति थापालाई मतदान गरेको आँकलन गर्न सकिन्छ । सर्लाही ४ मा समानुपातिकतर्फ नेकपा एमालेले ५ हजार ५३६, जनमत पार्टीले १ हजार ५९० र नेपाली कम्युनिष्ट पार्टीले एक हजार २१५ प्राप्त गरेको देखिन्छ ।

समानुपातिकतर्फ सर्लाही ४ मा ७८ हजार ८१ मत खसेकोमा ७५ हजार ४६३ मत मात्र सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।