लालबन्दी, २५ फागुन – लालबन्दी र आसपासको क्षेत्रमा आज बिहानैदेखि नेपाल टेलिकमको नेटवर्क तथा इन्टनेटमा समस्या भएको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा हरिवन क्षेत्रमा फाइबर तार काटिँदा लालबन्दीसहित विभिन्न भेगमा टेलिकमको इन्टेरनेट बिहा १० बजेपछि पूर्णरुपमा ठप्प छ । टेलिकमको फोन तथा सिमबाट फोनमा कुराकानी गर्दा फोन नलाग्ने तथा आवाज नबुझ्ने समस्या रहेको ग्राहकले गुनासो गरेका छन् ।
चुँडिएको फाइबर तार गाँस्न र सेवा सूचारु गर्न प्राविधिक कर्मचारी खटिरहेका दुरुसन्चार कार्यालय लालबन्दीले जनाएको छ ।