लालबन्दी, २४ फागुन – सर्लाहीसहित आसपासको क्षेत्रमा दुई दिनदेखि मध्यान्हपख हपक्क गर्मी महसुस हुन थालेको छ ।
यहाँ साँझ–बिहान भने अझै सामान्य चिसो नै महसुस हुन्छ । तर मध्यान्ह र दिउँसोपख गर्मी चढ्न थालेको हो ।
सर्लाहीमा हिजोदेखि मौसम धाम्मधुम्म पनि भइरहेको छ । बादल लागेर पानी पर्लाजस्तो भए पनि वर्षा भने हुन सकेको छैन् ।
लामो समयदेखि पानी नपर्दा यहाँ धुलो, धुँवाको प्रदुषण बढ्दो छ ।
मौसम बदलीसँगै हावाहुरी चलेर गहुँ, मकैलगायत बालीमा क्षति गर्ने चिन्ता रहेको किसानले गुनासो गरेका छन् ।