बरहथवा, २४ फागुन – सर्लाहीको बरहथवा नगरपालिकाले भोली सोमबार नगरभित्र शोक बिदा दिएको छ ।
नगरपालिकाको वडा नं. १ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र हजरियामा कार्यरत सिनियर अहेब रघुनाथ महतोको निधनमा शोक बिदा दिइएको हो । महतो चुनाव गराउन पर्सा गाउँपालिका ४ जिंगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिँदा हृदयघातबाट मृत्यु भएको थियो ।
बरहथवाकी नगर प्रमुख कल्पनाकुमारी कटुवालले आज सूचना जारी गर्दै महतोको निधनमा दुःख व्यक्त गर्दै भोली नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरु रहने जानकारी गराएका छन् ।
यसैबिच होली पर्व र चुनावका कारण करिव एक हप्ता लगातार बिदापछि भोलीदेखि कार्यालयहरु र बैंक तथा वित्तीय संस्था खुल्दै छन् ।