लालबन्दी, २३ फागुन – सर्लाही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नितिमा भण्डारी कार्की भारी मतान्तरले बिजयी भएकी छन् ।
भण्डारी ४४ हजार १८१ मत प्राप्त गर्दै बिजयी भएकी हुन् ।
नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१, नेकपा एमालेका मनोजकुमार देवकोटाले ६ हजार १०१, नेपाली कम्युनिष्ट पार्टीका प्रमोद साहले ५ हजार ४९८, जनता समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरीले ३ हजार ९९१ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले भर्खरै मतगणना सकिएको र अब औपचारिक रुपमा बिजय भएको घोषणा तथा प्रमाण–पत्र वितरण गर्ने तयारी भइरहेको जनाएको छ । निर्वाचन अधिकृत टीकाबहादुर थापाले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीलाई प्रमाण–पत्र ग्रहणका लागि आमन्त्रण गरिएको बताए ।
यस्तै, सर्लाही क्षेत्र नं. २ मा पनि रास्वपाका उम्मेदवार रबिन महतोलाई निर्वाचित भएको घोषणा गर्ने अन्तिम तयारी भइरहेको छ ।
सर्लाही क्षेत्र नं. ३ मा रास्वपाकै नरेन्द्र साह कलुवार र क्षेत्र नं. ४ मा रास्वपाका डा. अमरेशकुमार सिंह भारी मतान्तरले अगाडि छन् । क्षेत्र नं. ३ र ४ मा भने मतगणना गर्न भोली बिहानसम्म लाग्ने बताइएको छ ।