गोडैता, २३ फागुन – सर्लाही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंह विजय उन्मुख भएका छन् ।
यस क्षेत्रका निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका सिंहले नेपाली कांग्रेसका गगनकुमार थापालाई ८ हजार ३८४ मतले पछि पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार सिंहले २१ हजार ३७७ मत प्राप्त गर्दा थापाले १२ हजार ९९३ मत प्राप्त गरेका छन् ।
सर्लाही ४ मा मतगणना सुरु गर्दादेखि नै सिंहले निरन्तर अग्रता लिइरहेका छन् । सिंह यस क्षेत्रमा दुई पटक नेपाली कांग्रेसबाट र अघिल्लो पटक २०७९ मा स्वतन्त्रबाट उम्मेदवारी दिइ निर्वाचित भएका थिए ।
यो पटक कांग्रेस सभापति थापा प्रतिस्पर्धा गर्न आएपछि संकट परेको आँकलनका बिच सिंह सानदार मतका साथ बिजयी हुने अवस्थामा पुगेका हुन् ।