logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही ३ मा बरहथवा वडा नं. ५ बुथको मतपेटिका खन्याएर मतगणना सुरु


  • उज्यालो अभियान

हरिवन, २२ फागुन – सर्लाही क्षेत्र नं. ३ को मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार बिहान १०ः३५ बजेदेखि मतगणना सुरु भएको हो । बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिएको थियो तर दलका प्रतिनिधि आउन ढिला गरेकाले बल्ल सुरु भएको हो ।

हरिवनस्थित नापी कार्यालयको सभा हलमा मतगणना सुरु भएको हो । सर्लाही ३ मा एक लाख ३४ हजार ४१२ मतदातामध्ये ८२ हजार २७२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्लाही ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह, नेकपाका नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका हरि उप्रेती, नेपाली कांग्रेसका विनोद खनाललगायत प्रतिस्पर्धामा छन् ।