लालबन्दी, २२ फागुन – सर्लाहीको क्षेत्र नं. १ को मतगणना पनि सुरु भएको छ ।

निर्वाचन अधिकृत टीकाबहादुर थापाका अनुसार ईश्वरपुर नगरपालिका १ बाट मतगणना सुरु गरिएको हो । क्षेत्र नं. १ को लालबन्दी नगरपालिका १० चन्द्रपुरस्थित वडा कार्यालय भवनमा मतगणना सुरु गरिएको हो ।

प्रतिनिधि सभा सदस्य चयन गर्न बिहीबार सम्पन्न निर्वाचनमा सर्लाहीको क्षेत्र नं. १ बाट एक लाख ३० हजार ८७१ मतदातामध्ये ७९ हजार ४०६ जनाले मतदान गरेका छन् ।

सर्लाही १ मा नेपाली कांग्रेसबाट शम्भुलाल श्रेष्ठ, नेकपा एमालेबाट मनोजकुमार देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमोद साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नीतिमा भण्डारी कार्कीलगायत प्रतिस्पर्धामा छन् ।
