logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही १ मा रास्वपाकी भण्डारीलाई सुरुवातमै फराकिलो अग्रता


  • उज्यालो अभियान

लालबन्दी, २२ फागुन – सर्लाहीको क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नितिमा भण्डारी कार्कीले अग्रता बढाउँदै लगेकी छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार कार्कीले एक हजार ६६९ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका मनोजकुमार देवकोटाले ३८५, नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले २४०, जनता समाजवादी पार्टीका रामप्रकाश चौधरीले १५३ र नेपाली कम्युनिष्ट पार्टीका प्रमोदकुमार साहले ११७ मत प्राप्त गरेका छन् ।

सर्लाही १ मा अहिलेसम्म ईश्वरपुर नगरपालिका वडा नं. १, २ र ३ को मतगणना भएको छ । बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही १ बाट ७९ हजार ४०६ मत खसेको छ ।