logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बलराको जब्दी मतदान केन्द्रको विवाद मिल्यो, मतदान सूचारु


  • उज्यालो अभियान

बलरा, २१ फागुन – सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका ४ जब्दी गाउँमा रहेको प्राथमिक विद्यालय मतदान केन्द्रमा उत्पन्न विवाद समाधान गरी मतदान पुनः सुरु भएको छ ।

उम्मेदवारका प्रतिनिधिबिच विवाद भएपछि मतदान रोकिएको थियो । विवाद भएपछि सो मतदान केन्द्रमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहित जिल्लाका सुरक्षा प्रमुखहरुको टोली पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी कडरियाले विवाद समाधान गरेर मतदान सुचारु भइसकेको उज्यालो अभियानसँग बताएका छन् । सर्लाहीमा अन्य मतदान केन्द्रहरुमा पनि शान्तपूर्वक रुपमा मतदान जारी रहेको छ ।

बिहान मतदान सुरु हुनासाथ विवाद भएको क्षेत्र नं. ४ कै बसबरिया गाउँपालिकास्थित भवानीपुरमा रहेको जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा अहिले शान्तपूर्वक मतदान कार्य जारी छ ।