भारतीय सिमा स्थित मुख्य मलंगवा नाका । (फाईल तस्बिर)
मलंगवा, १४ फागुन – फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्लाहीमा तीन दिन नेपाल–भारत सीमा नाका सिल गरिने भएको छ ।
आज सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले चुनावको मौन अवधि फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म नेपाल–भारत बोर्डरबाट आवतजावत पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो । बैठकले भोली १५ गतेदेखि फागुन २२ गते राति १२ बजेसम्म बिदेशी नम्बर प्लेटका दुई पांग्रे तथा चार पांग्रे सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको छ ।
यस्तै चुनावलाई लक्षित गर्दै आजदेखि फागुन २२ गतेसम्म जिल्लाभर मदिरा तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।