logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा उम्मेद्वारहरुको अटेरी : १९ जनाको मात्र छुट्टै बैंक खाता


  • उज्यालो अभियान

टंकबहादुर क्षेत्री/उज्यालो अभियान
मलंगवा, १२ फागुन – सर्लाहीमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वारहरुले बैंक खाता खोल्नका लागि आनाकानी गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेद्वारहरुले अनिवार्य रुपमा छुट्टै बैंक खाता खोल्नका लागि निर्वाचन आयोगले आग्रह गरेपनि सर्लाहीका अधिकांश उम्मेद्वारहरुले खाता खोलेका छैनन् ।

जिल्ला निर्वाचन अधिकारी रिषिराम पौडेलका अनुसार सर्लाहीमा विभिन्न २६ राजनैतिक दलका र स्वतन्त्र गरी १३१ जनाको उम्मेद्वारी कायम छ । १३१ जना उम्मेद्वारमध्ये हिजो (सोमबार) सम्म १९ जना उम्मेद्वारहरुले मात्र छुट्टै बैंक खाता खोलेको विवरण पेश गरेका छन् ।

७६ जना उम्मेद्वारहरुले छुट्टै बैंक खाता खोल्न सिफारिस लिएपनि सोमबारसम्म १९ जना उम्मेद्वारले मात्र बैंक खाता खोलेको विवरण पेश गरेको कोष तथा लेखा नियन्त्रक पदम् पौडेलले जानकारी दिए । कोलेनिका प्रमुख पौडेलका अनुसार प्रत्येक उम्मेद्वारलाई बैंक खाता खोल्नका लागि फोनमार्फत पटकपटक ताकेता भइरहेको छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि राजनीतिक दल तथा उम्मेद्वारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा छुट्टै बैंक खातामार्फत जम्मा र खर्च गर्न निर्देशन दिएको छ ।