लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र । (तस्बीर : उज्यालो अभियान)
बागमती, ०६ फागुन – सर्लाहीको बागमती नगरपालिकाको विभिन्न क्षेत्रमा आज ४ घण्टा बढी बिजुली अवरुद्ध हुने भएको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत ११ केभी लाइनका पोलहरु सार्नुपर्ने र रुख कटान गर्नुपर्ने भएकाले बागमतीको राइखोलादेखि पश्चिम बागमती पुलसम्म आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली अवरुद्ध हुने भएको हो ।
यसअघि लालबन्दी, हरिवन र ईश्वरपुर क्षेत्रमा पनि यसैगरी लाइन काटेर बिजुलीको पोल सार्ने र रुख काट्ने काम भएका थिए ।
सर्लाहीमा अहिले त्यसैपनि पूर्वपश्चिम रामजार्ग विस्तार र नवलपुर–सलेमपुर लाइन निर्माणका कारण सबैतिर छिनछिनमा बिजुली कटौति हुने समस्या रहेको छ ।
यस्तै बिजुलीसँगै अहिले जिल्ला इन्टरनेटको समस्या पनि बढेको छ ।