logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुरमा आज पनि बिदा


  • उज्यालो अभियान

हरिपुर, ०४ फागुन – सर्लाहीको हरिपुर नगरपालिकामा आज पनि स्थानीय बिदा दिइएको छ ।

नगर उपप्रमुख एवं कार्यवाहक नगरप्रमुख निलम देवी राय यादवले सूचना जारी गर्दै आज फागुन ४ गते सोमबार नगरभर सार्वजनिक बिदा दिएको उल्लेख गरेकी छन् । महाशिवरात्रि पर्वको अवसरमा हरिपुर नगरपालिका ७ चिताइनमा ऐतिहासिक चिताइन मेला आयोजना भएको अवसरमा बिदा दिइएको नगर उपप्रमुख यादवले सूचनामा खुलाएकी छन् ।

महाशिवरात्रि पर्व हिजो मनाइएको छ । यस पर्वको अवसरमा संघीय सरकारले हिजो नै देशभर बिदा दिएको थियो ।

हरिपुर नगरपालिकाले भने चिताइन मेला जारी नै रहेकाले आज थप एक दिन बिदा दिएको जनाएको छ । बिदा दिइएकाले हरिपुरमा आज नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालय बन्द रहने छन् ।

मेला लागिरहेको चिताइनमा आजदेखि अन्तर प्रदेश भलिबल प्रतियोगिता सुरु हुन लागेको आयोजक लक्ष्मीनाथ यूवा क्लबका अध्यक्ष नरहरि धामीले जानकारी दिए ।