हरिवन, ०२ फागुन – सर्लाहीको हरिवनमा आज नेपालका प्रथम शहीद लखन थापाको स्मृति दिवस मनाइएको छ ।
नेपाल मगर संघ सर्लाही जिल्ला कार्य समितिको आयोजनामा थापाको तस्बीरमा मार्ल्यापण र उहाँको जीवनीको चर्चा गर्दै स्मृति दिवस मनाइएको हो । विसं १९३३ फागुन २ गते तत्कालीन राणा शासकले गोरखाको शहीद लखन गाउँपालिका ८ बुङ्कोटको काहुले भङ्गारमा थापा र उहाँका सहकर्मी जैसिं चूमी मगरलाई फाँसी दिएका थिए ।
थापालाई नेपाल सरकारले २०७२ साल असोज ३ गते नेपालको पहिलो शहीद भएको मान्यता दिएको हो । यस्तै शहीद लखन थापाको स्मृति दिवसकै अवसरमा आज हरिवनमा नेपाल मगर संघ सर्लाही जिल्ला कार्य समितिको कार्यालयसमेत उद्घाटन गरिएको छ ।
कार्यालयको मधेश प्रदेश सभा सदस्य बेची लुंगेली, नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य लेखराम जर्गा मगर, संघका जिल्ला अध्यक्ष कमल बहादुर क्यापछाकी (कामना) लगायत भएर उद्घाटन गरेका छन् ।