logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

संविधान सभा सदस्य चौधरी र जसपा नेता मिश्र कांग्रेसमा प्रवेश


  • उज्यालो अभियान

कार्यक्रममा केदारनन्दन् चाैधरीलाई स्वागत गर्दै सभापति गगन कुमार थापा । (तस्बिर : उज्यालाे अभियान)

बलरा, ०२ फागुन – संविधान सभाका सदस्य एवं जसपा नेपालका नेता केदारनन्दन चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका-९ अचलगढमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य चौधरी जसपा नेपाल परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् । चौधरीसँगै लाेसपाका महासचिब एवं हाल जसपा नेपालका केन्द्रीय नेता मनिषकुमार मिश्र पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मनिष मिश्रलाई स्वागत गर्दै सभापति गगन कुमार थापा । (तस्बिर : उज्यालाे अभियान)

उनीहरुलाई नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगनकुमार थापाले पार्टीमा प्रवेश गराएका छन् । त्यस्तै जसपा नेतृ विणा सिन्हा, लाेसपाबाट विष्णु गापामा अध्यक्षका प्रत्यासी अरविन्द कुमार सिंह, लाेेसपाका ४ नम्बर क्षेत्रीय उपाध्यक्ष वीरेन्द्र प्रसाद यादव, ४ ख का अध्यक्ष नवल कुमार सिंह, बहुजन समाजवादी पार्टीबाट गाेडैता नपा अध्यक्षका प्रत्यासी श्याम गुप्ता लगायत सयाैं नेता कार्यकर्ता प्रवेश गरेकाे नेपाली

अचलगढमा बृहत पार्टी प्रवेश कार्यक्रम जारी रहेको छ ।