logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

रास्वपा वरिष्ठ नेता बालेन्द्र सर्लाहीहुँदै पश्चिम जाँने


  • उज्यालो अभियान

Oplus_131072

हरिवन, २८ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आज (बुधबार) बिहान सर्लाही आउने भएका छन् ।

बर्दिबासबाट महेन्द्र राजमार्ग हुँदै सर्लाही प्रवेश गर्ने र फुलजाेरमा उनलाई पार्टीका नेता कार्यकर्ताले स्वागत गर्ने बताइएकाे छ । अहिले नेता कार्यकर्ताहरु लालबन्दीमा स्वागतका लागि जम्मा भइरहेका छन् ।

उनकाे रुटका बारेमा रास्वपाका नेता कार्यकर्ताहरुले फरक-फरक सूचना राखेका कारण अन्याैल छ । रुटका बारेमा अझै स्पष्ट नभइसकेकाे अहिले बिहान जिल्ला प्रहरी कार्यालय स्राेतले जनायाे ।

कार्यकर्ताहरुले हिजाे दिउँसाे फुलजाेरबाट ईश्वरपुर हुँदै ब्रम्हपुरीबाट हुलाकी राजमार्ग हुँदै मलंगवा-काैडेना-गाेडैता-हिरापुर-बरहथवा-नयाँराेड-बागमति जाने रुट हालेका थिए । फेरि मंगलबार राती बर्दिबासबाट-फुलजाेर-लालबन्दी-हरिवन-नयाँराेड-बरहथवा हुँदै बागमति तरेर राैतहटकाे गरुढा जाने रुट राखेका छन् ।

रुटकाे आधिकारिकता बुझ्न सम्पर्क गर्दा रास्वपा सर्लाही अध्यक्ष सराेज बानियाकाे माेबाईल फाेन उठेन ।