logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सेनाले आजबाट यसरी गर्दैछ सर्लाहीमा गस्ती (तस्बिरहरु)


  • उज्यालो अभियान

बुधबार बिहान गस्तीमा निस्केको गस्ती टोली । (तस्बिर सौजन्य : नेपाली सेना)

हरिवन, २१ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाली सेनाले सर्लाहीका पनि विभिन्न स्थानमा गस्ती सूरु गरेको छ । बुधबार बिहानैदेखि जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा गस्ती टोली परिचालन भइसकेको नेपाली सेनाको लालबन्दी नगरपालिका-२ पाँचकुमारीस्थित कालिध्वज गणले जनाएको छ ।

पाँचकुमारीस्थित कालिध्वज गणका गणपति प्रमुख सेनानी (कर्णेल) उमेश खड्काका अनुसार क्षेत्र नं. १ मा पाँचकुमारी गणबाट, २ मा मलंगवास्थित सुरक्षा बेस र ३ मा बागमतीस्थित सुरक्षा बेसबाट दैनिक गस्ती टोली खटिने छन् । त्यस्तै क्षेत्र नम्बर ४ का लागि धनकौल गाउँपालिकामा सेनानी (मेजर) को कमाण्डमा अस्थायी सुरक्षाबेस स्थापना गरिएको छ । मलंगवा र बागमतीमा भने यसअघि देखि नै मेजरको कमाण्डमा नेपाली सेनाको स्थायी सुरक्षा बेस रहेका छन् ।

यसअघिका निर्वाचनमा भने केहि दिनअघि बाट मात्र नेपाली सेना परिचालन हुने गरेको भएपनि यो पटक नेपाल सरकारको निर्णयअनुसार महिना दिनअघिबाटै नेपाली सेनाले गस्ती सुरु गरेको हो ।

योपनि पढ्नोस्

सर्लाहीमा नेपाली सेनाको गस्ती निस्कियो

शीतलहर प्रभावितलाई न्यानो प्रदान गर्न नेपाली सेनाद्वारा दाउरा वितरण

नेपाली सेनासहितको संयुक्त गस्ती