logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विद्यार्थीबिच कवितावाचन प्रतियोगिता


  • उज्यालो अभियान

हरिवन, २० माघ – सर्लाहीको हरिवन नगरपालिका-३, डाबरीमा रहेको रामबहादुर पुलामी आधारभूत विद्यालयमा कवितावाचन प्रतियोगिता सम्पन्न भएको छ ।

सन्त रघुनाथ-पार्वती कुशवाहा स्मृति प्रतिष्ठानले विद्यालयका विद्यार्थीलाई सहभागी गराएर कवितावाचन प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा विद्यालयका नौ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । जसमा छात्रतर्फ नितेश कुशवाहा र छात्रातर्फ पूजाकुमारी साह उत्कृष्ट भएका छन् ।

छात्र नितेश र छात्रा पूजाकुमारीलाई शिक्षाप्रेमी रामशरण मैनाली, राजन खड्का, शिक्षक यज्ञमान लोप्चनलगायत भएर पुरस्कृत गरेका छन् ।

गरिब र कमजोर बर्गका मानिसका लागि लागि पर्ने स्वर्गिय रघुनाथ कुशवाहाको स्मरण गर्दै कवितावाचन प्रतियोगिता सम्पन्न गरिएको कुशवाहा वुद्धिजिवी समाज सर्लाहीका अध्यक्ष एवं प्रतियोगिताको आयोजना गर्ने प्रतिष्ठानका सचिव रामविश्वास कुशवाहाले जानकारी दिए ।