logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गयो


  • उज्यालो अभियान

बबरगन्ज, १६ माघ – मोटरसाइकलको ठक्करबाट सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बिर्ताटोलमा आज एक महिलाको मृत्यु भएको छ ।

गाउँको भित्री सडकमा बीआर ३० एपी ३०३७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ६५ वर्षीया शान्तिदेवि ठाकुरको मृत्यु भएको हो । बाटोमा हिँडिरहेका बेला मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी शान्तिदेवीको उपचारका क्रममा वीरगन्ज न्यूरो अस्पताल वीरगन्जमा मृत्यु भएको प्रहरी चौकी मोहनपुरले जनायो ।

दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक चन्द्रनगर गाउँपालिका–३, बडकुर्वाका २० वर्षीय विशाल महतो प्रहरीको नियन्त्रणमा रहेका छन् ।