जानकीनगर, १५ माघ – लखन्देही खोला पारी पर्ने सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर खैरा टोलमा आज आधारभूत स्वास्थ्य सेवा केन्द्रको औपचारिक उद्घाटन गरिएको छ ।
नगरपालिकाको बजेट खर्चिएर निर्माण गरिएको भवनमा नगरप्रमुख गोपाल पजियार र उपप्रमुख निलमदेवी राय यादवले संयुक्त रुपमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन समारोहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, वडाध्यक्ष नानीबाबु थापालगायतको आतिथ्यता रहेको थियो ।
जानकीनगरका स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याइएको वडाध्यक्ष थापाले उज्यालो अभियानसँग बताए ।