logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जसपा नेपालमै फर्किए वडाध्यक्ष गुप्ता


  • उज्यालो अभियान

गोडैता, १५ माघ – सर्लाहीको गोडैता नगरपालिका ५ का वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमै फर्किएको घोषणा गरेका छन् ।

हिजो धनकौलमा एक कार्यक्रमबिच गुप्तासहित गोडैता नगरपालिकाका ४ जना वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई सर्लाही ४ का उम्मेदवार एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा प्रवेश गराएका थिए ।

तर वडाध्यक्ष गुप्ताले आज एक भिडियो सार्वजनिक गर्दै आफूलाई कांग्रेसले देखाएको मायाप्रति धन्यवाद दिँदै आफू जसपा नेपालमै फर्किएको बताएका हुन् । गुप्ता २०७९ को स्थानीय तह निर्वाचनमा लोसपाबाट निर्वाचित भएको भए पनि अहिले सो पार्टी जसपा नेपालसँगै जोडिएको छ ।

वडाध्यक्ष गुप्ताले सर्लाही ४ बाट जसपा नेपालका उम्मेदवार रामेश्वर राय यादव, गोडैताका मेयर देवेन्द्र यादव र नेता रामप्रसाद राय यादवलाई सँगै उभ्याएर भिडियो सार्वजनिक गर्दै आफू जसपा नेपालमै रहेको बताएका छन् ।