logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हुलाकी सडकमा अलपत्र बागमती नदीको पुल हेर्न पुगे थापा


  • उज्यालो अभियान

हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीबाट राैतहट जाेड्ने निकै वर्षदेखि अलपत्र बागमती नदिस्थित निर्माणाधिन पुल ।

बलरा, १४ माघ – आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्तासँग भेटघाटमा ब्यस्त रहेका नेपाली कांग्रेसका सभापति एवं सर्लाही ४ का उम्मेदवार गगनकुमार थापा बागमती नदीको अलपत्र पुल निरीक्षणमा पुगेका छन् ।

गएको सोमबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा रहेका थापाले हिजो दिउँसो बलरा हुँदै बागमती नदीमा पुगेर सर्लाही र रौतहटको सीमास्थित हुलाकी रोडको अलपत्र पुलको निरीक्षण गरी जानकारी लिएका हुन् । उनले स्थानीय मतदातासँग पुल निर्माणको काम पूरा गर्न पहल गर्ने वचन दिएका छन् ।

थापाले हिजो बलरा र गोडैता नगरपालिकाका अगुवा कार्यकर्तासँग भेट गरेका छन् । उनले आज रामनगर गाउँपालिका क्षेत्रका कार्यकर्तासँग अहिले बिहान भेट गर्दै छन् ।