गगन थापा ।
बागमती, १२ माघ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा आउँदै छन् ।
थापा अहिले बिहान सिमरा विमानस्थलमा ओर्लिएर सर्लाही आउने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसले पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गरिसकेको थापालाई पूर्वपश्चिम राजमार्गस्थित बागमती कर्मैयामा स्वागत गरेर सर्लाही क्षेत्र नं. ४ मा लैजाने कार्यक्रम रहेको नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।
पार्टी सभापति थापालाई स्वागत गर्न कांग्रेसका नेता कार्यकर्ता सर्लाही र रौतहटको सीमा बागमतीस्थित कर्मैयामा भेला हुनेक्रम सुरु भइसकेको छ । थापा अब केही दिन आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर पार्टीका नेता, कार्यकर्ता र मतदातासँग भेटघाटन गर्ने कार्यक्रम छ ।
फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट कांग्रेस सभापति थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंह, नेकपा एमालेका अमनिसकुमार यादव, नेकपाका डा. रजनिस राय, जसपा नेपालका रामेश्वर राय यादवलगायत ३८ जना प्रतिस्पर्धामा रहेका छन् ।