logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बिरामीको अवस्था जटिल बनेपछि नवलपुरमा तनाव


  • उज्यालो अभियान

नवलपुर, ११ माघ – सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयमा उपचारका लागि ल्याइएको एक युवतीको अवस्था जटिल बनेपछि तनाव उत्पन्न भएको छ ।

लालबन्दीकै पुनर्वास क्षेत्रकी १८/१९ वर्षकी एक युवतीको उक्त औषधालयमा उपचार गर्न ल्याइएकोमा स्वास्थ्यकर्मीको लापरवाहीले गर्दा अवस्था गम्भीर बनेको भन्दै गाउँले आएर अहिले नवलपुर चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

सो स्थानमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले घटनाबारे बुझ्ने काम भइरहेको उज्यालो अभियानसँग बताए । उनले भने-प्रहरी सबै राजमार्ग खुलाउने र औषधालयलाई सुरक्षित राख्ने काममै लागेकाले युवतीको उपचारको विषयमा थप बुझ्न पाएका छैनौँ ।