logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

भोली नआउने भए गगन थापा, पर्सीलाई सारियो कार्यक्रम


  • उज्यालो अभियान

गगन थापा ।

धनकौल, १० माघ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पर्सी मात्र सर्लाही आउने भएका छन् ।

उनी यसअघि भोली आइतबार सर्लाही आउने कार्यक्रम थियो । थापा आफैले पनि आज काठमाडौंमा आयोजित एक कार्यक्रममा आफू भोली सर्लाही आउन लागेको जनाउ दिएका थिए ।

तर भोली राष्ट्रिय सभा सदस्यको निर्वाचन रहेकाले सभापति थापा त्यता व्यस्त हुने भएपछि पर्सी यहाँ आउने भएका हुन् । थापा सर्लाही ४ बाट फागुन २१ को निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार समेत हुन् । उनको आगमनपछि सर्लाही ४ अहिले निकै चर्चामा छ ।

नेपाली कांग्रेस मधेश प्रदेश समितिका उपसभापति वीरेन्द्रप्रसाद सिंहले पार्टी सभापति थापा पर्सी सोमबार बिहान १० बजे सर्लाही आइपुग्ने अहिले राति उज्यालो अभियानसँग बताए ।