logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवन जेसीजको पदस्थापन कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

तस्बिर : सन्जु कर्ण

हरिवन, ०९ माघ – सर्लाहीको हरिवनमा गएराति अबेर हरिवन सिटी जेसीजको पदस्थापन समारोह सम्पन्न भएको छ ।

संस्थाको पाँचौं वार्षिक साधारण सभाबाट चयन भएको ईश्वर धमला नेतृत्वको कार्य समितिको पदस्थापन समारोह सम्पन्न भएको हो । समितिको कार्यकारिणी उपाध्यक्षमा कृष्ण फूँयाल र विवेक महत, उपाध्यक्षमा टार्जन थापा, अरुणकुमार साह, नवीन लामा र सूवर्णजंग थापा रहेका छन् ।

पदस्थापन कार्यक्रमको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हरिवन सिटी जेसीजले जनाएको छ ।