logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सिडिओ कार्यालयले भन्यो – सभा, सम्मेलन गर्दा अनुमति लिनु, सरकारी गाडी प्रयोग नगर्नु


  • उज्यालो अभियान

मलंगवा, ०७ माघ – जिल्ला प्रशासन कार्यालय सर्लाहीले राजनीतिक दल तथा दल निकट भातृ संगठनहरुलाई राजनीतिक सभा, सम्मेलनलगायतका कार्यक्रम आयोजना गर्दा कार्यालयबाट अनुमति लिन आग्रह गरेको छ ।

फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले सूचना जारी गर्दै राजनीतिक सभा, सम्मेलनलगायतका कार्यक्रम आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई अनुमति लिन अनुरोध गरेका हुन् ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया चरणवद्ध रुपमा अघि बढिरहेको सन्दर्भमा जिल्लाभित्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न यस प्रकारको सूचना जारी गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले उज्यालो अभियानसँग बताए ।

यस्तै सिडिओ कार्यालयले राजनीतिक कार्यक्रममा जाने आउने क्रममा सरकारी सवारी साधन प्रयोग नगर्न/नगराउनसमेत अनुरोध गरेको छ ।