केही समय पहिला धनकाैलमा आयाेजित एक कार्यक्रममा प्रमुख अतिथि गगन थापालाई ठूलाे माला लगाएर सम्मान गरिँदै । (फाइल तस्बिर : उज्यालो अभियान)
हरिवन, ०६ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेद्वारी दिने भएका छन् । अन्तिम समयमा थापाले सर्लाही ४ राेजेका छन् ।
पार्टी क्षेत्रीय कमिटीलेपनि यसअघि नै सभापति थापाकाे नाम उम्मेद्वारमा सिफारिस गरिसकेकाे थियाे । थापा २०७९ सालकाे निर्वाचनमा पनि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेद्वारी दिने पक्कापक्की भएकाे थियाे । तर काठमाडाैं ४ मा उनले चाहेकाे भन्दा अर्कै नेतालाई पार्टीले टिकट दिने भएपछि अन्तिम समयमा सर्लाही छाडेका थिए ।
थापाले सर्लाहीलाई यसअघि देखि नै आफ्नाे प्राथमिकतामा राख्दै आएका छन् । पार्टी तथा नेताहरुकाे व्यक्तिगत कार्यक्रमहरुमा बाक्लै रुपमा सर्लाही आइरहनुले थापाले यहाँबाट उम्मेद्वारी दिने निश्चित रहेकाे चर्चा चलिरहेकाे थियाे ।
समयले भ्याउने अवस्था रहेसम्म सभापति थापा आफै उम्मेद्वारी मनाेनयन दर्ताका लागि आउने तयारी भइरहेकाे र अन्यथा वारेसनामाबाट दर्ता हुने उनि निकट एक नेताले जानकारी दिए ।