logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा आज पनि सार्वजनिक बिदा


  • उज्यालो अभियान

लालबन्दी, ०६ माघ – सर्लाहीको लालबन्दी नगरपालिकाभित्र आज पनि सार्वजनिक बिदा दिइएको छ ।

नगरपालिका कार्यालयले नेपाल तामाङ घेदुङ लालबन्दी नगर समितिको आग्रहमा सोनाम ल्होसारको अवसरमा आज थप एक दिन बिदा दिएको हो । सोनाम ल्होसार पर्व भने हिजै मनाइसकिएको छ । यो पर्वको अवसरमा हिजो संघीय सरकारले देशभर नै बिदा दिएको थियो । घेदुङको माग अनुसार नगरभित्र आज थप एक दिन बिदा दिइएको नगरप्रमुख वासुदेव अधिकारीले सूचना निकालेर जानकारी गराएका छन् ।

नगरपालिकाले बिदा दिएकाले आज लालबन्दीमा नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी तथा नगरपालिका मातहतका कार्यालयहरु बन्द हुने छन् । तर यहाँका बैंक तथा वित्तीय संस्थाहरु भने खुल्ला नै रहने छन् ।