logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

छोरालाई टिकट नदिएपछि शिवपुजनले पनि छाडे नेकपा


  • उज्यालो अभियान

मलंगवा, ०५ माघ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता शिवपुजन राय यादवले पार्टी छाडेका छन् ।

यादवले केहीबेरअघि उज्यालो अभियानसँग कुराकानी गर्दै नेकपाले अन्तिममा आफ्नो छोरा अभिनिस यादवलाई टिकट नदिएपछि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आफू अब तुरुन्त नेकपा एमाले वा अन्य पार्टीमा प्रवेश गर्ने तयारीमा रहेकोसमेत उज्यालो अभियानसँग बताएका छन् ।

नेकपाले सर्लाही क्षेत्र नं. ४ बाट मधेश प्रदेशका सदस्यकी प्रतिस्पर्धी अनिता देवीको छोरा डा. रजनिस राय लाई टिकट दिएको छ ।

पूर्व सांसदसमेत रहेका शिवपुजन यादव सर्लाहीको क्षेत्र नं. ४ मा शक्तिशाली मानिन्छन् । उनकै जोडबलमा तत्कालिन माओवादी केन्द्रले बलरा नगरपालिकाको मेयर तथा उनकै गाउँपालिका रामनगरमा आफ्नै छोरा राजाबाबु यादव अध्यक्षमा निर्वाचित भएका छन् ।

पार्टीले नेता क्षेत्र नं. ३ बाट नारायणकाजी श्रेष्ठलाई टिकट दिएपछि यसअघि नेकपाका अर्का नेता रामेश्व राय यादवले पार्टी छाडिसकेका छन् ।