logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाएपछि दीप प्रज्वलन


  • उज्यालो अभियान

लालबन्दी, ०३ माघ – दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेसले मान्यता पाएपछि गएसाँझ लालबन्दीमा दीप प्रज्वलन गरिएको छ ।

निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको खुसीयालीमा लालबन्दी नगर सभापति प्रशान्त आचार्यको नेतृत्वमा लालबन्दी ७ स्थित बजारमा दीप प्रज्वलन गरिएको हो । नगर सभापति आचार्यले नवीन कांग्रेसलाई मैनबत्ती बालेर स्वागत गरिएको बताए ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सर्लाहीका करिव १०० जना महाधिवेशन प्रतिनिधिमध्ये ६८ जनाले हस्ताक्षर गरेका नवनिर्वाचित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले दावी गरेका छन् ।