नारायणखोला, ०२ माघ – जन्मदिनको अवसरमा पोखराका एक युवकले आज सर्लाहीको दुर्गम क्षेत्र लालबन्दी नगरपालिका १४ नारायणखोला मगरडिहीमा रहेको विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेका छन् ।
कास्कीको पोखरा महानगरपालिका ११ घरभई हाल अमेरिकामा बस्ने आशिष लामिछानेले प्राथमिक विद्यालय मगरडिहीमा अध्ययनरत् ५० जना छात्रछात्रालाई शैक्षिक सामग्रीसहितको झोला र न्यानो कपडा प्रदान गरेका हुन् । आशिषको २५ औँ जन्मदिनको अवसर पारेर बुवा विष्णुप्रसाद लामिछानेले यस प्रकारको सहयोग गरेका नारायणखोलाका स्थानीय रोशन दोङले जानकारी दिए ।
लालबन्दी निवासी ऋषि धितालको समन्वयमा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, झोला र न्यानो कपडा प्राप्त भएको विद्यालयका शिक्षक अष्टबहादुर बलले बताए ।