logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा निर्वाचन प्रहरीका लागि ६ हजार बढीको आवेदन


  • उज्यालो अभियान

(तस्बीर : विश्वनाथ ठाकुर)

मलंगवा, ०२ माघ – सर्लाहीमा निर्वाचन प्रहरीका लागि ६ हजार बढीको आवेदन परेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदनका लागि म्याद दिँदा ६ हजार २६५ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा ५ हजार ३४२ जना पुरुष र ९१३ जना महिला रहेका छन् ।

सर्लाही प्रहरीलाई ३ हजार ९२६ जना निर्वाचन प्रहरी भर्ना गर्न कोटा तोकिएको छ ।

प्राप्त आवेदनको आधारमा अब धमाधम छनौटको प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।