लालबन्दी, ०१ माघ – सर्लाहीको लालबन्दीमा हिजो मधेश प्रदेश रग्बी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संघका प्रदेश अध्यक्ष रन्जित साहको अध्यक्षता तथा हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पजियारको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका ५ स्थित एभरेष्ट एकेडेमीको सभा हलमा साधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रममा मधेश प्रदेश खेलकुद परिषद्का सदस्य प्रभुनारायण शिवाकोटी (श्याम), निशेषकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
अध्यक्ष साहका अनुसार साधारण सभामा रग्बी संघको विभिन्न जिल्लाका पदाधिकारी तथा खेलाडीहरु सहभागी भएका थिए ।