logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

केन्द्रीय सदस्य श्रेष्ठ भन्छन-सर्लाहीबाट हस्ताक्षर गर्ने ६८ जना भयौँ


  • उज्यालो अभियान

लालबन्दी, ०१ माघ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका नेता शम्भुलाल श्रेष्ठले सर्लाहीबाट ६८ जना महासमिति सदस्यले हस्ताक्षर गरेको दावी गरेका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि आज दिउँसो उज्यालो अभियानसँग कुरा गर्दै श्रेष्ठले सर्लाहीका करिव १०० जना महाधिवेशन प्रतिनिधिमध्ये ६८ जना विशेष महाधिवेशनमा सहभागी भएर हस्ताक्षर गरेका दावी गरेका हुन् । श्रेष्ठले भने-१४ औँ महाधिवेशनमा रहेका सर्लाहीका १०४ जना महाधिवेशन प्रतिनिधिमध्ये हामी ६८ जना विशेष महाधिवेशनमा हस्ताक्षर गर्ने भयौँ ।

क्षेत्र नं. १ बाट १४ जना, २ बाट ७ जना, ३ बाट २२ जना र ४ बाट २५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका श्रेष्ठको दावी छ ।

श्रेष्ठले आफूसहित सर्लाहीबाट सरिक ६८ जना महाधिवेशन प्रतिनिधि र अन्य नेता कार्यकर्ता नयाँ कार्य समिति घोषणा हुँदा राति २ बजेसम्म नै भृकुटीमण्डपको कार्यक्रममा सरिक भएको उज्यालो अभियानसँग बताए ।

केन्द्रीय सदस्यमा निर्वाचित श्रेष्ठ फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस (गगनकुमार थापा समूह) सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने पक्कापक्की जस्तै छ ।