हरिपुर, ३० पुस – सर्लाहीको हरिपुर नगरपालिका वडा नं. २ स्थित ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारी तथा हरिपुर नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति परियोजना अन्तर्गतू समुन्नति परियोजनाको सुरुवाती बैठक सम्पन्न भएको छ ।
हरिपुर नगरपालिकाका उपमेयर निलमदेवि राय यादव अध्यक्षतामा नगरपालिकाको सभाहलमा बैठक सम्पन्न भएको हो ।
सुरुवाती बैठक कार्यक्रममा हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजियार, नगर उपप्रमुख, विभिन्न वडाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, विभिन्न शाखाका शाखा प्रमुख, नगर बाल सञ्जालका प्रतिनिधिहरू, बालक्लवका सदस्यहरू, नगर कार्यपालिकाका सदस्यहरू, ग्रामीण नारी उत्थान संघका अध्यक्ष, उपाध्यक्ष, समुन्नति परियोजनाको परियोजना प्रवन्धक लगायतको उपस्थिति रहेको थियो ।
परियोजनाले गत वर्ष सन् २०२५ मा गरेका कार्यक्रमहरु र त्यसको उपलब्धिहरू तथा सन् २०२६ मा गर्न लागेका कार्यक्रमहरूको बारेमा विस्तृत रूपमा समुन्नति परियोजनाको परियोजना प्रवन्धक दीपक भण्डारीले जानकारी गराएका छन् ।
सन् २०२६ मा यस परियोजनाले आउटकम १ देखी आउटकम ५० सम्म ४६१ वटा क्रियाकलापहरू आयोजना गरेको र सोको कुल बजेट एक करोड चौबीस लाख पैँतालीस हजार तीन रुपैयाँ बराबरको रहेको परियोजना प्रवन्धक भण्डारीले बताए ।
परियोजनाले सन् २०२६ को पालिका स्तरीय त्रिपक्षिय सम्झौता समेत सम्पन्न गरेको छ। परियोजनाले हरिपुरमा विगतको वर्षहरूमा पनि विभिन्न उपलब्धिमूलक काम गरेको थियो ।
परियोजनाले हालसम्म गरेको हरेक कार्यक्रमहरु प्रशंसनीय रहेकाले आगामी दिनमा थप प्रशसनीय काम गर्न उपमेयर यादवले ग्रामीण नारी उत्थान संघलाई आग्रह गरिन् ।