लालबन्दी, २९ पुस – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ हिजो सर्लाही आएर फर्किएका छन् ।
उनी हिजो हरिवनमा आयोजित पार्टी प्रवेश कार्यक्रम र लालबन्दी नगरपालिका ११ हिरापुरमा आयोजित रत्न छोइलिङ वौद्ध गुम्बामा त्रिकाय मुर्ति प्रतिष्ठानको कार्यक्रममा सरिक भएर फर्किएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग दुई हप्तामै पार्टी अलगिएपछि ब्यस्तताका बिच घिसिङ सर्लाही आएर फर्किएका हुन् । ब्यस्तताका कारण उनी हरिवन र लालबन्दीका दुवै कार्यक्रममा हिजो ढिलो गरी आएर फर्किएका समर्थकले बताए ।