प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुन लागेको नवलपुर फुटबल रंगशाला । (तस्बीर : उज्यालो अभियान)
नवलपुर, २९ पुस – माघ १६ गतेदेखि लालबन्दी नगरपालिका–१, नवलपुरस्थित फुटबल रंगशालामा सुरु हुन लागेको प्रथम लालबन्दी मेयर गोल्डकपको पहिलो र दोस्रो पुरस्कार राशी सहयोगस्वरुप प्राप्त भएको छ ।
प्रतियोगिताको पहिलो पुरस्कार राशी नगद ३ लाख रुपैयाँ लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको ज्ञानज्योति पुस्तक पसलका संचालक अजयकुमार श्रेष्ठको पहलमा श्रेष्ठसहित नवलपुर घरभई हाल अमेरिकामा बस्ने सुमित केसी, सुदिप केसीको तर्फबाट प्राप्त भएको हो ।
यस्तै, प्रतियोगिताको दोस्रो पुरस्कार राशी १ लाख ५० हजार रुपैयाँ लालबन्दी नगरपालिका–२, जुटपानी निवासी जुमजुम क्याफे तथा जुमजुम ज्वेलर्सका संचालक कृष्ण खातीले प्रदान गरेका जीवेश्वर यूवा क्लबका सल्लाहकार राजु राईले जानकारी दिए । राईका अनुसार प्रतियोगिताको तयारी स्वरुप अहिले सहयोगी दाताहरुबाट सहयोग उठाउने, रंगशालाभित्र खेल मैदान तयार पार्नेलगायतका काम भइरहेको छ ।
माघ १६ गतेदेखि २७ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजकसहित १२ टिम सहभागी हुने आयोजक जीवेश्वर यूवा क्लबका अध्यक्ष दीपबहादुर बुढाथोकी (दीपेन्द्र) ले बताए ।