logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एफएसयु क्रिकेट कप–२०८२ : जनज्योतिद्वारा बिजयी सुरुवात


  • उज्यालो अभियान

लालबन्दी, २८ पुस – प्रथम ‘एफएसयु क्रिकेट कप–२०८२’ मा जनज्योति बहुमुखी क्याम्पस लालबन्दीले बिजयी सुरुवात गरेको छ ।

जनज्योति क्याम्पसकै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले लालबन्दी नगरपालिका–५, जरुवा पानीस्थित गोल्डेन फ्यूचर एकेडेमीको क्रिकेट मैदानमा आयोजना गरेको प्रतियोगितामा जनज्योतिले आज उद्घाटन खेलमा चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमाथि चार रनको रोमान्चक जित दर्ता गरेको हो । जनज्योतिबाट ७४ रनको लक्ष्य पाएको चतुर्भूजेश्वर ७० रनमै रोकिन पुग्यो ।

क्रिकेट प्रतियोगिताको आज अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीले उद्घाटन गरेका हुन् । जनज्योति बहुमुखी क्याम्पसका स्ववियु सभापति समिर सिंहको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा अनेरास्ववियुका केन्द्रीय सचिव समिमबाबु पठान, जनज्योति बहुमुखी क्याम्पसका प्रमुख वीरेन्द्र चौधरी, क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष कमल पौडेलगायतको आतिथ्यता रहेको थियो ।

जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी, सर्लाही क्याम्पस मलंगवा र जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर सहभागी प्रतियोगिताको फाइनल खेल माघ ६ गते हुने छ ।

बिजेताले उपाधिसहित नगद ५१ हजार र उपबिजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक जनज्योति क्याम्पस लालबन्दीको स्ववियु कार्य समितिले जनाएको छ ।

स्ववियु सभापति सिंहले स्थानीयस्तरमा क्रिकेट खेलाडीको उत्पादन र उनीहरुका लागि अवसर सिर्जना गर्ने उद्देश्यले पहिलो पटक यस प्रकारको क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए ।