logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा भोली तेस्रो खाना महोत्सव हुने


  • उज्यालो अभियान

हरिवन, २६ पुस – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको हरिवन बजारमा भोली तेस्रो हरिवन खाना महोत्सव हुने भएको छ ।

‘बाटोमा खाऊँ, बाटो मै रमाऊँ’ भन्ने नारासहित हरिवन चेम्बर अफ कमर्सले खाना महोत्सवको आयोजना गरेको हो । स्थानीय उत्पादन तथा परिकारको प्रवद्र्धन गरी बजारलाई चलायमान बनाउने उद्देश्यले खाना महोत्सव गर्न लागिएको चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्ण ओमपोतेले जानकारी दिए ।

ओमपोतेका अनुसार भोली बिहान पूर्वपश्चिम राजमार्गस्थित हरिवनको कृष्ण चोकमा खाना महोत्सवको आयोजना गरिएको हो ।