logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उत्तरी भेगको मौसम उघ्रियो, दक्षिणी भेगमा हुस्सु यथावत्


  • उज्यालो अभियान

हुस्सुकै बिच कौडेना क्षेत्रमा उखु काट्न निस्किएका मजदुर । (तस्बीर : निरज यादव)

हरिवन, २६ पुस – सर्लाहीको उत्तरी भेगको मौसम आज केही उघ्रिएको छ ।

चुरेवर्ती क्षेत्र र पूर्वपश्चिम राजमार्ग आसपासमा आज मौसम केहि सुधार भएको हो । यहाँ बादल देखा परेकाले घाम भने लाग्न सकेको छैन् । उत्तरी भेगको मौसममा केही सुधार भएपनि सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने मौसम खराब नै रहेको छ ।

दक्षिणी भेगमा आज पनि हिजो अस्ती झै हुस्सु, कहिरो लागिनै रहेको स्थानीयले बताएका छन् । तर आज शीतलहर भने चलेको छैन् ।

घाम नलाग्दा आज पनि कठ्यांग्रिदो जाडो भने यथावत् नै रहेको छ । निरन्तरको चिसोले मानिससँगै वस्तुभाउ, पन्छी र बालीनालीमा प्रभाव परिरहेकै छन् ।

काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा दिनभर पारिलो घाम लाग्दा दिनभर जनजीवन सहज बनेपनि सर्लाहीसहित मधेश प्रदेशमा भने यो वर्ष पुस लागेदेखि नै एक/दुई दिनबाहेक निरन्तर हुस्सु, कुहिरो र शितलहर जारी रहेर जनजीवन आक्रान्त बनिरहेको छ ।