लालबन्दी, २४ पुस – उद्योग वाणिज्य संघ लालबन्दीको २० औँ स्थापना दिवस आज मनाइएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद देवकोटाको अध्यक्षता तथा संस्थापक अध्यक्ष देविबन्धु थापाको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका ६ स्थित संघकै कार्यालयमा झण्डोत्तोलन गर्दै स्थापना दिवस मनाइएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका पूर्व अध्यक्ष बाबुकाज नुच्छे प्रधान, नवराज मिश्रलगायतको आतिथ्यता रहेको थियो ।
सोही कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका संस्थापक अध्यक्ष थापाले संघको व्यावसायिक अक्षयकोषमा एक लाख प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका संघका वरिष्ठ उपाध्यक्ष देवकोटाले जानकारी दिए ।