फाइल तस्बिर ।
लालबन्दी, २३ पुस – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–६, मिर्जापुरमा आज बिहानपख आगलागीबाट एक जना किसानको गोठ जलेर नष्ट भएको छ ।
आगलागीमा चौपाय पनि जलेका छन् । बिहान २ बजेतिर मिर्जापुरका नन्दलाल साहको फुसले बनेको गोठमा विद्युत सर्ट भएर आगलागी भएको हो । प्रहरी चौकी अर्नाहाका अनुसार आगलागीबाट गोठसहित गोठभित्र रहेको अन्न, कपडालगायत सम्पूर्ण सरसामग्री पूर्णरुपमा जलेर नष्ट हुँदा एक लाख ४६ हजार रुपियाँ बराबरको क्षति भएको छ ।
आगलागीमा परेर भैँसीको एउटा पाडो मरेको छ भने एउटा बाख्रा र एउटा भैँसी जलेर घाइते भएका छन् ।