मलंगवा, २२ पुस – वीरगन्ज, जनकपुरलगायतका स्थानमा पछिल्लो समय घटेका घटनालाई लिएर संघीय गणतान्त्रिक गठवन्धन सर्लाही जिल्ला कमिटीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
मुलुकमा अशान्ति फैलाउने र समाजलाई बिखण्डन गर्ने गतिविधि भइरहेकाले त्यसलाई रोक्न माग गर्दै पार्टीले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।
पार्टीका जिल्ला संयोजक सीताराम साहलगायतका नेताहरुले आज सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउँदै आगामी दिनमा वीरगन्ज, जनकपुरलगायत ठाउँमा भएका जस्ता घटना दोहोरिन नदिन माग गरिएको छ ।