logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको मौसम : बाक्लो हुस्सु, कुहिरो र शीतलहर


  • उज्यालो अभियान

लालबन्दी, १९ पुस – सर्लाहीमा आज बिहानैदेखि बाक्लो हुस्सु, कुहिरो लागेर शीतलहर चल्दा कठ्यांग्रिदो चिसो भइरहेको छ ।

यहाँ हिजो र अस्ती पनि बिहानभर यसैगरी हुस्सु, कुहिरो लागेर शीतलहर चलेपनि दिउँसोपख घाम लाग्दा जनजीवन सहज बनेको थियो । आज पुनः बिहानैदेखि शीतलहरसहित कठ्यांग्रिदो चिसो हुँदा जनजीवन कष्टकर बनेको हो ।

सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा अझ बढी मात्रामा हुस्सु, कुहिरो लागेर शीतलहर चल्दा जनजीवन प्रभावित हुनुका साथै सवारी साधन आवागमनमै कठीन भएको चालकहरुले बताएका छन् । यस्तो मौसममा सवारी साधन चलाउँदा गति सिमित गर्न र अनिवार्य रुपमा बत्ती बाल्न जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सर्लाहीसहित मधेश प्रदेशमा पुस लागेदेखि नै बाक्लो, हुस्सु कुहिरो र शीतलहर जारी रहेको छ । शीतलहरले मानिससँगै चौपाय, पन्छी र बालिनाली प्रभावित भइरहेका छन् ।