लालबन्दी, १८ पुस – लालबन्दी नगर खेलकुद विकास समिति सदस्यमा भीमप्रसाद काफ्ले (सुवास) र दीपबहादुर बुढाथोकी (दीपेन्द्र) मनोनित भएका छन् ।
आज बसेको समितिको बैठकले लालबन्दी ७ निवासी नेपाल क्योकुसिन कान कराँतेका अन्तराष्ट्रिय निर्णायक काफ्ले र लालबन्दी १ नवलपुर निवासी जीवेश्वर यूवा क्लबका अध्यक्ष बुढाथोकीलाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । काफ्ले र बुढाथोकीलाई नगरप्रमुख वासुदेव अधिकारी, समितिका सदस्य तथा लालबन्दी १७ का वडाध्यक्ष विष्णुप्रसाद अधिकारी, लालबन्दी ४ का वडाध्यक्ष सत्यनारायण चौधरी (शशी), सर्लाही जिल्ला फुटबल संघका उपाध्यक्ष विभुसिंह थापालगायतले खादा ओढाएर सम्मानसमेत गरेका छन् ।
समितिको बैठकले माघ मध्यदेखि नवलपुरमा आयोजना गर्न लागिएको प्रदेशस्तरीय फुटबल प्रतियोगिताका लागि आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ ।