logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एमाले : क्षेत्र नं. ३ बाट निवर्तमान सांसद उप्रेतीको एकल नाम सिफारिस


  • उज्यालो अभियान

बरहथवा, १८ पुस – फागुन २१ को निर्वाचनका लागि नेकपा एमालेबाट सर्लाहीको क्षेत्र नं. ३ मा निवर्तमान सांसद हरिप्रसाद उप्रेतीको एकल नाम सिफारिस भएको छ ।

बरहथवामा आज बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फ पार्टीको केन्द्रीय सदस्य तथा निवर्तमान सांसदसमेत रहनुभएका उप्रेतीको एकल नाम सिफारिस गरेको एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिए । निर्वाचन क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष गीतानाथ मैनाली (जिएन) को अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रुपमा उप्रेती एक्लैको नाम सिफारिस गरेको दावी गरिएको हो ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न अब भोली क्षेत्र नं. २ र ४ तथा पर्सी २० गते क्षेत्र नं. १ को बैठक बस्ने जिल्ला कमिटी उपाध्यक्ष प्याकुरेलले उज्यालो अभियानसँग बताए । क्षेत्रीयस्तरमा बैठक सकिएपछि जिल्ला कमिटीको बैठक बसेर केन्द्रीय कमिटीमा नाम पठाइने छ ।

प्याकुरेलका अनुसार केन्द्रीय कमिटीले एउटा निर्वाचन क्षेत्रबाट एक महिलासहित ३ जनाको नाम पठाउन निर्देशन दिएको छ ।